हिन्दी
फिल्म देवदासको शुरुमै वर्षौँ लण्डन बसेरपढेको देवबाबु जब घर फर्किन्छ तब
वर्षौँ देखी उसको नामको दियो जलाएर बसेकी प्रेमिका पारुले यतिका लामो
समयसम्म निक्कै थोरै पत्र पठाएकोमा मन दुखाउँदै आफुलाई नसम्झिएको जिकिर
गर्छे । त्यति वर्षलाई सेकेण्डमा रुपान्तर गर्दै यति सेकेण्ड
सम्झिएँतिमीलाई भन्छे र सोध्छे— तिमीले कहिल्यै सम्झियौ ? अनि देव बोल्छ—
जब कक्षामा सरले पिट्नुहुन्थ्यो तब पिताजीको याद आउँथ्यो, जब एक्लो महसुस
हुन्थ्यो तब माताजीलाई सम्झिन्थेँ ।एवम् रितले घरका अरु सदस्यलाई कतिखेर
सम्झिन्थेँ भन्ने सुनाउँछ उ । ती नामहरुमा आफ्नो नाम नआएपछि हतास हुँदै
पारु सोध्छे— अनि मलाई चाहीँ कहिल्यै पनि सम्झिएनौ ? तब लामो सास फेरेर देव
जवाफ दिन्छ— “अँ... एउटा कामगर्दा तिमीलाई खुबै सम्झिन्थेँ ।” के काम
?,पारुले हत्तारिएको प्रश्न गर्छे । उ बताउँछ— “जब जब म सास फेर्थेँ,
त्यतिबेला तिमीलाई सम्झिन्थेँ ।” यो दृश्य यो हेरिरहँदा मैले सोँचे थेँ—
माया भनेको त यस्तो पो हुँदोरहेछ, जति टाढा उति गाढा । फेरी निक्कैपछि
कृष्ण धरावासीको शरणार्थी पढेँ । संयोगले बाटोमा भेटिएर छुट्टिएका जय
बहादुर र जयमायाले वर्षौँसम्म पनि एक अर्कालाई नै पर्खिएर विवाह नगरि बसेका
र आधा उमेर कटेपछि भेट भएर सँगै बसेका कुराहरुपढिरहँदा फेरी सोँचेथेँ—
माया त यसरी पो गरिँदो रहेछ, भए उही नभए कोही न कोही ।अनि मैले प्रत्यक्ष
देखेको एउटा सत्य प्रसङ्गपनि लेखिहाल्छु तपाईँहरु माझ । केही वर्ष पहिलेको
कलेज लाईफको कुरा हो,हाम्रो ग्रुपको एउटी केटी साथीलाई कलेज बाहिरको एउटा
केटोले असाध्यै मन पराउँथ्यो । केहीपछि दुवैजना एकअर्कालाई प्रेम गर्न थाले
। तर केटोको आर्थिक अवस्था कमजोर रहेकोले केटीको परिवारले नस्वीकार्ने
संकेत दिएपछि पैसा कमाउन भन्दै केटा विदेश गयो । जब उ विदेशबाट फर्किएर
आयो, त्यतिबेला सम्म केटीको त अर्कै केटासँग सम्बन्ध शुरुभइसकेको थियो ।
पछि त विवाह पनि भयो उसैसँग। यी सबै घटनाक्रम नजिकबाट देखिरहँदा म सोँच्न
बाध्य भएँ— माया त जो सँगपनि गर्न सकिँदो रहेछ अनि मिल्दो रहेछ पनि, साथ
छुट्यो माया टुट्यो ।
यो मन बडो अजीव हुन्छ, विचित्रको हुन्छ । मैले यस अघि पनि लेखेको छु—
मान्छेको मन पानी जस्तै तरल हुन्छ, त्यो जता भिरालो पायो त्यतै बग्न थाल्छ ।
सजिलोतिर, विकृति तिर बग्न खोजिरहन्छ यो । यसलाई त रोक्नुपर्छ, रोक्न
सक्नुपर्छ । मानिस त मनले चल्ने प्राणी हो । मान्छेको यो शरीर, रुप, बल,
तागत, स्वस्थता आदि भन्नु केही होईन। यो त मनोवैज्ञानिक प्राणी हो । मनको
खटनको । मनको स्वस्थता वा अस्वस्थतासँग यसको गहिरो सम्बन्ध रहेको हुन्छ
।अनि अर्को महत्वपूर्ण कुरा, मान्छेको मन यति कातर हुँदोरहेछ की
यसलाईजहिलेपनि साथीको आवश्यकता पर्दो रहेछ । एक्लै त बस्नै नसक्ने । जब
मनको साथी भौगोलिक दुरीले आफुबाट टाढा हुन्छ तब त्यतिबेला माया यति गाढा
हुन्छ की सम्पूर्णतया प्रेमको आदर्श रुप त्यति नैबेला देखिन्छ । उ सँग
एकपटक भेट्न मात्रै पाएपनि अरु केही चाहिन्थेन भन्ने लाग्छ । तर अफसोच, यो
क्रम धेरै लामो समयसम्म यस्तै रहँदैन। विस्तारै अलग्गिएर बस्दाको बानी पर्न
थाल्छ, र एउटा यस्तो पनि समय आउँछ जतिबेला आफुसँग क्रमश: नजिकिइरहेको
अर्को मान्छेमा आफ्नै प्रेमीको गुणहरु झल्किन थाल्छन् । कत्तिले त त्यस्ता
गुणहरु जबर्जस्ती नयाँ मान्छेमा खोज्न थाल्छ पनि, भेटिहाल्छ की भनेर ।टाढा
रहेको आफ्नो मान्छेको गुणहरु नयाँ मान्छेसँग तुलना गरेर त्यो टाढाको
मान्छेलाई कमजोर साबित गर्न समेत पछाडी पर्दैन मान्छे ।
राधालाई ब्रजमा छोडेर मथुरा पुगेका कृष्णले भटाभट श्रीमतीको संख्या बढाएको
बारे स्पष्टीकरण दिँदै एकदिन राधालाई भनेका थिए— “जब रुक्मिणी आइन्,तिनमा
मैले तिमीमा रहेको लज्जा पाएँ ।तिम्रो हिँडाईको चाल र मुस्कान पाएँ
।जाम्बवतीको दिव्य रुपमा तिम्रो झलक देखेँ ।सत्यभामाको आवाजमा तिम्रो
ध्वनी, कालिन्दीको हिँडाइको चालमा तिम्रो गति, सत्याको ओंठमा तिम्रो
मुस्कान, सतीको आँखामा तिम्रो हेराई, नाग्नजितीको नाकको टुप्पोमा तिम्रो
रिस रलक्ष्मणाको भक्तिमा तिम्रो ध्यान । राधा, मेरा आठै पत्नीहरुमा
टुक्राटुक्रा विभाजित छ्यौ तिमी । तिम्रा एक/एक विशेषताहरुले तिनीहरु तिर
तानिएछु म ।” हो, भौगोलिक दुरी बढेको केही समयपछि यसरी नै विभाजित हुन्छ मन
।
हाम्रो गाउँमा एउटा यस्तै घटनाभएको थियो । कुरा, मोबाइलको प्रयोगबढ्नुभन्दा
अलि अघिको हो ।त्यतिबेला वल्लो—पल्लो गाउँमा घर भएका एकजोडी केटाकेटी एक
आपसमा प्रेम गर्थे । अहिलेजस्तो डेटिङ जाने भन्ने चलन थिएन, त्यतिबेला ।न त
मनछुने sms गर्नका लागि मोबाइल नै । आफ्ना मनका कुराहरु पत्रमार्फत नै
व्यक्त गर्थे उनीहरु । अनि त्यो पत्र एउटाबाट अर्कोमा पुऱ्याउने काम मेरै
घर नजिकको साथीले गर्थो ।केटीसँग प्रेम गरिरहेको त्यो केटा विदेश गएको
झण्डै १ वर्षजति पछि पत्र एकअर्कोमा पुऱ्याउने केटा र त्यही केटीले भागेर
विवाह गरे । कति विश्वासका साथ विदेश गएको केटो हिस्स पऱ्यो ।म तपाईँहरु
माझ सत्य लेखि रहेको छु, कुनैमिथ्या कथा कहिरहेको छैन । विदेश गएका कति
श्रीमानहरुले घर फर्किँदा श्रीमतीको मन फेरिएको पिडासँगाल्न वाध्य भइरहेका
छन् । अझ कतिले त घरमा बालबच्चा मात्रै भएको पिडा सहन पनि ।यसो भन्दै गर्दा
सबैलाई एउटै ड्याङ्को मुला भन्नखोजेको चाहीँ होईन मैले । र मलाई राम्ररी
थाहा छ, त्यस्तो भन्ने गल्ती गर्नुपनि हुँदैन । यदि त्यसो गरिएत्यो समग्र
नारी जाती माथीकै अपमान हुनसक्छ। तर फेरीपनि पछिल्लो समय क्रमश: बढिरहेका
उदाहरणहरुले गर्दा यसो भन्ने आधार मिलेको चाहीँ सत्यहो ।केही अपवाद वाहेक,
भौगोलिक दुरताले क्रमश:मनमा विचलन ल्याइदिन्छ, अडिगपनाको धरातलडगमगाउन
थाल्छ । सँधैको दुरताले माया नासिँदैजान्छ अनि दिनहुँको निकटताले प्रेम
झाँगिदैजान्छ ।








0 comments:
Post a Comment