- सिन्धु गौतम
बिहान दस बजे सबैजना आ-आफ्नै काममा तल्लीन
हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर
दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ
छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त ब्रेकटाइम सकिएको पनि
पत्तो हुँदैनथ्यो । हाम्रो बहस कहिले हाँसो ठट्यौलीबाट चरम गम्भीरतासम्म
पुग्थ्यो, कहिले गम्भीरतामै सीमित हुन्थ्यो भने कहिले गम्भीरताले ठट्यौलीको
रूप पनि लिन्थ्यो ।
सधैँझैँ आज पनि हाम्रो दिउँसो भयो । किनकिन
पूरै चौबीस घण्टामा त्यो एकघण्टा आˆनै लाग्थ्यो हामी सबैलाई । हाम्रो यस
समूहमा हामी सबै उस्तैउस्तै अधबैँसे उमेरका थियौँ । सायद यसैले पनि होला
हाम्रो गफ मिलेको । हाम्रो यस समूहभित्रै पनि एकजना साथी थिए सुरज । उनी
अलि भिन्न स्वभावका थिए । भिन्न भन्नाले उनी हामीसँग नमिल्ने होइनन् कि अलि
बढी कट्टर र अनुशासित हुँ भन्थे । आजको हाम्रो चियाको साथी गफको विषय
बन्यो- पत्नीले बढी पतिव्रता धर्म निर्वाह गर्छे कि पतिले बढी पत्नीव्रत
धर्म ? यसमा धेरै बहस भयो । सबैले आ-आˆना दरिला धारिला तर्क राखे । पुरुष
नै भए पनि धेरै पुरुष साथीहरूले पत्नीकै पक्ष लिए तर सुरजले भने आफूलाई
पत्नीव्रत पतिका रूपमा उभ्याए ।
सुरज मेरै घरको बाटो भएर जान्थ्यो तर
प्रायः हामीसँगै हुँदैनथ्यौँ । आज हाम्रो र्फकने समय एउटै भएछ । हामीसँगै
फर्कियौँ । पुसको दिन, साँझको पाँच बजेपछि त झमक्कै । त्यसमाथि आज चीसो हावा अनि आकाश पनि
मडारिएको थियो र अँध्यारो भइसकेको थियो । आकाशका आँखाहरू टिलपिलाएजस्ता
देखिन्थे । मेरो घरदेखि करिब एक घण्टा मोटरसाइकलको बाटो टाढा पथ्र्यो उसको
घर । त्यसैले मैले उसलाई मेरो घरमा नै बस्न अनुरोध गरेँ । सुरजले पहिले त
नकार्यो तर उसको अनुहारमा देखिएको खुसी मैले पढिहालेँ, त्यसलाई छोप्न सकेन
उसले ।
मैले मेरो श्रीमान् नभए पनि उहाँका सबै
सामान जतनका साथ राखेकी थिएँ । दराजबाट उहाँको नाइटगाउन झिकेर दिएँ अनि
मैले गेस्टरुममा आउन अनुरोध गरेँ । उसले सहजै स्वीकार्यो । ऊ आयो, एकदमै
अकल्पनीय र अस्वाभाविक रूपमा । मेरा हातहरूले कतिखेर उसको गालामा बज्र
प्रहार गरे, मैले थाहा पाइनँ, पत्नीव्रत पति हुँ भन्दै व्याख्या गर्ने एउटा
पुरुष आज एउटी निरीह विधवामाथि यसरी प्रस्तुत हुँदा मैले संसारका सबै
पुरुष जातिलाई थुक्न पुगेछु । त्यसबेला मेरो नैतिकताले उग्र रूप लिएछ । म
महाकाली भइसकिछु ।
ऊ आफ्नो अनुहार लुकाउँदै मेरो थुकले
निथ्रुक्क भिजेको शरीर लिएर निशब्द बाहिरियो । म अझै थुक्दैथिएँ । सायद
उसले थाहा पायो पाएन, मैले उसको पत्नीव्रत धर्मको परीक्षा लिएकी थिएँ ।
हाल- शिक्षिका-गण्डकी टेक्निकल कलेज, दमौली
(स्रोत : मधुपर्क २०६८ कात्तिक)







0 comments:
Post a Comment