- चर्चित ढुंगेल
१४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई
“रेड रोज’ थमाउँदै भनि- “मेरो पि्रय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको
विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भाज्या¨को दिक्पाल र
ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे ,सुर्जे, विनोदे ,लालु ,कमले,
गब्बा ,अम्बरे ,मालु ,रने, मंजीले ,चक्रे, बले ,सुन्सा ,कर्ने ,निशान,
राजेश, दिपके, बसन्ते र जिवुलेलाई नगन्दा तिमी मेरो फस्ट लभर÷ब्वाइफ्रेण्ड
हौ ।”
उसले थपि- “तिम्रो यो खाइलाग्दो जिऊ
देखेपछि मलाई घिऊसँगको भात पनि रुच्न छोडेको थियो र फुकी माग्न जोगवीरे
धामीको छोरा मानवीरेलाई भेट्न सातामा तिन चोटीसम्म गएकै हुँ । घरैको धाराको
पानी नरुचेर लभडाडाँमुनीको पँधेरोमा उतैको ऐँठेसँग पानी लिन नगएकी हैन ।
हेर मलाई निद्रा नपरेर चुम्बकध्वजकी छोरीकामा जाने बहाना बनाएर गोबरध्वजका
चार छोराहरु पिलन्धरध्वज, लम्पटध्वज, खप्परध्वज र पापडध्वजसँग चार रात
विताएकै हुँ । रै पनि तिम्रो सम्झनाले रनाको छुटाएपछि म तिमीलाई भेट्न आएकी
छु ।”
उसले जोड दिँदै भनि- “आजैका मितिमा तिमीले
मलाई र मेरो पवित्र÷पहिलो प्रेमलाई स्वीकार गर्यौ भने म आफुलाई धन्य
ठान्नेछु । जीवनमा आफुले रोजेको बर पाउनु र खोजेको घर पाउनु ठूलो कुरा हो
भनेर मेरी आमाले पोइला जानुअघि भनेकी थिइन् । तिम्रो पहाडजस्तो छाती र
दरबारजस्तो घर देखेर म यो काँडैकाँडाको बाटो टेकेर आएकी छु । तिमीले मलाई
तिम्री धर्मपत्नि मान्यौ भने म तिमीलाई कहिल्यै गुनासो गर्ने ठाऊँ नदिने
बाचा गर्छु- महावीरेलाई जस्तै । बैदारचोकको रमेशे, शुक्रबारेको रजुवा र
बेलडाँगीको बाघेलाई दिनमा एकचोटी पनि याद गर्ने छुइँन । बरु तिमी मेरो छोरो
पोष्टेलाई अस्वीकार गर, बिन्ति म सुकुमारीलाई स्वीकार ।”
उसले नम्र भएर सम्हालिँदै एकै सासमा थपी-
“हाम्रो खान्दानमा चोखो प्रेम गर्ने परम्परा छ । मेरी ठूली दिदीले तेस्रो
घरबार नबिग्रेको भए सातौँसम्म पुग्नुपर्ने नै थिएन । पछिल्ला भिनाजुले ६
जना भण्ट्या¨भुण्टु¨सहित दिदीलाई नयाँ दुलहीका रुपमा िभœयाएकै हुन् । तिमी
नै सोच न मेरी दिदीले कत्रो कृति राखी । मान्छेलाई नाम राख्न कति गाह्रो छ
अचेल !
उसले नम्र भएर भनी- “झन् माइली दिदीको त के कुरा गर्नु उसको प्रेम कहानी त देश विदेशमै चर्चित छ । दिल्लीमा दुई बर्ष बिताएर आएकै महिनामा बम्बइ गएर छत्तिस महिनापछि फर्किए लगत्तै खाडी गएकी छे । उसले त पैसा मात्र हैन परिवार पनि कमाएकी छे । नपत्याए मेरी सानीमालाई अहिले फोन गरेर सोध । उसका तिनजना अनेक रंग र वर्णका छोरा घरैमा हुर्िकँदैछन् । भर्खर भन्दैथिइ पेटमा अर्को पनि बढ्दैछ रे । पैसा पनि आठ महिनामा तीस हजार पठाइसकी ।”
उसले नम्र भएर भनी- “झन् माइली दिदीको त के कुरा गर्नु उसको प्रेम कहानी त देश विदेशमै चर्चित छ । दिल्लीमा दुई बर्ष बिताएर आएकै महिनामा बम्बइ गएर छत्तिस महिनापछि फर्किए लगत्तै खाडी गएकी छे । उसले त पैसा मात्र हैन परिवार पनि कमाएकी छे । नपत्याए मेरी सानीमालाई अहिले फोन गरेर सोध । उसका तिनजना अनेक रंग र वर्णका छोरा घरैमा हुर्िकँदैछन् । भर्खर भन्दैथिइ पेटमा अर्को पनि बढ्दैछ रे । पैसा पनि आठ महिनामा तीस हजार पठाइसकी ।”
ऊ आत्मसम्मानका साथ अगाडि भन्दैगइ- “मेरी
साँइली दिदीको पनि जिन्दगी कम्ती जोशिलो छैन । ऊ भनेपछि त गाऊँका मात्र हैन
सहरका जोईटंग्रेको पनि होषहवास उड्थ्यो । उसका पछि लाग्नेको ताँती देखेर
सजै जिल पर्थे । तर उसले कहिल्यै नराम्रो काम गरिन । बरु सवैका रहर
पुर्याइदिइ । अहिले एउटा नेपाली निलो फिलिममा पनि मुख्य भूमिकामा अभिनय
गरेकी छे । अचेल त उसको चर्चाले चुली चुमेको छ । सवै दिदीहरुले नाम राखेका
छन् । सवैको हाइहाइ छ जताजतै । हाम्रो खानदानको नाम नलिने कोही छैन भन्दा
पनि खेर जाँदैन, बुझेयौ ! आजबाट म पनि त्यसैलाई निरन्तरता दिन चाहन्छु ।
तिमी मेरो स्वच्छ पवित्र पहिलो र चोखो मायालाई स्वीकार गर ।” यति भनेर केही
छिन अघि उसलाई नेत्रेले सुम्पेको गिफ्ट प्याकु विरुपेलाई दिएर उसले कुरा
सकी ।
प्रतिउत्तरमा विरुपेले भन्यो- “मैले पनि
तिमीलाई डान्स बारमा देखेदेखि हुरुक्क भएको मनलाई सम्हाल्न सकेको छैन ।
तिम्रो रुपरंग देखेर म त्यतीवेलै दंग परेको हुँ । झन् क्याविन
रेष्टुरेण्टमा तिमीलाई देखेपछि त मैले मास्तिरकी सुन्तली, तल्तिरकी मनमाया,
वर्तिरकी पातली र पर्तिरकी जूनठुलीलाई त हेर्नै छोडेको छु । त्यती मात्र
कहाँ हो र ! भट्टीवालनीहरु उँभोकी साइँली ,उँधोकी काइँली, तलकी कान्छी र
माथिकी ठूलीकान्छीलाई त भर्खरै विसर्िसकेँ । त्यसमाथि पनि पल्लो गाऊँकी
पार्वती ,वल्लो गाऊँकी ऐँशेलु, डाँडागाऊँकी जुनेली र गैरागाऊँकी गायत्रीलाई
त म चिन्दा पनि चिन्दिन । सुन्छ्यौ ! दोबाटोकी दिलमाया ,तिनबाटोकी टिकुली,
चौबाटोकी चाँदनी र मुलबाटोकी मारुनी त झन् को हुन् को हुन् ? धरोधर्म म
तिनलाई देखे पनि चिन्दिन । बोले पनि बोल्दिन ।”
उसले अगाडि थप्यो- “तिम्रै कसम भो,
जुवाघरकी जेसिका, पँधेराकी पुर्णिमा, नस्ररीकी नर्बदा, बगैँचाकी बाटुली र
खेतखलियानकी खस्रीलाई अबदेखि यादै गर्दिन । याद मात्र हैन तिनेरका बारेमा
सोच्दा पनि सोच्दिन । तिमीलाई दोहोरी साँझमा तिनपल्ट भेटेदेखि फिल्महल
मालिककी छोरी पर्दा र गेटकीकी छोरी टिकटीको त मलाई मत्ालब नै छैन । हेरन
मैले ड्राइभरकी छोरी टायरी ,पुलिसकी छोरी लौरी ,घुम्तीवालकी छोरी गुट्खी र
माष्टरकी छोरी डस्टरलाई नभेट्ने बाचा नै गरिसकेँ नि !
उसले सालिन शैलीमा भन्यो- “मेरो खान्दानको
पनि कुरा गरी साध्य छैन बु¤यौ ! मेरो ठुल्दाजु त भाउजुले आत्महत्या गरेदेखि
सानदार जेलमा छ । उसले भाउजुलाई कति माया गथ्र्यो भने खाना पकाउने, लुगा
धुने, घर सफा गर्ने आदि सवै काम भाउजुलाई गर्न लाउँथ्यो । त्यति मात्र कहाँ
हो र ! राती सुत्दा पनि भाउजुलाई साह्रोगाह्रो पर्छ भनेर अर्कै सुसारे
राखेको थियो । उसैसँग धेरैजसो सुत्थ्यो । भाउजुले माइतमै बसौँ भन्दा पनि
खुरुक्क गएर उतै बस्दै गरेको मेरो दाजु कति स्वाभिमानी थियो तिमी आफैँ मनन्
गर ।”
माल्दाजुको प्रेम कथा सुन्यौ भने त तिमी
छक्क पछ्र्यौ । ऊ त छिमेकीकी श्रीमति भगाएर गाऊँभरि साहसी युवा भनेर
चिनिएको छ । प्रवासिएको लोग्नेकी जोइलाई भगाउन कुन आँट चाहिन्छ ! तिमी
अनिभ¡ा छैनौ । तिनै माइली भाउजुका खाताको पैसा झिकेर लाहुरेनीलाई लिएर
हिँडेको दाजु आजसम्म घर आएको छैन । हिजै मात्र लाहुरेनी चाहीँ आइपुगी ।
गाऊँकी आइमाइलाई विहानै मात्रै दाजुले उसैकी छोरीलाई लिएर हिँड्यॊ भनेर
भन्दैथिइ रे ।”
ऊ भन्दै गयो- “साँल्दाजुको कुरा त भो नसोध ।
हरिलम्फुका घरमा हली बस्न गएको बर्ष दिन भएको छैन हरिका पाँचै जना छोरीहरु
जो केटा माग्न आए पनि ¤याइँ नपार्ने भनेर भन्दैछन् भनेर माइतमा छोडेकी
मेरी साइँली भाउजुले फोनमा भन्दै थिइन् । हरिका मरन्च्यासे छोरीहरु के खाएर
हो अहिले त माटाको गाग्री जस्तै मोटाएका छन् भन्ने कुरो सुनेको छु । हरि
पनि हारदिक्क भएर भिरबाट हाम्फाल्यो अरे भन्ने समाचार त अलिअघि बकम्फुसे
रेडियोले फुकेको थियो । नपत्याए मेरा बुवालाई सोध मलाई त रेडियोले सुनाउनु
अघि नै मेरी तेस्री आमाले भनेकी थिइन् । अब तिमी आफैँ बिचारविमर्श गर
हाम्रो खान्दान कति चर्चित र लोकपि्रय रहेछ ।”
उसले बिट मार्नेगरि भन्यो- “तिमीसँग म
जीवनको शुरुवात गर्न चाहन्छु, यसअघि कालीमायासँग जस्तै । मेरो निश्चल
मायाको कदर गरेकीले तिमीलाई म आजैबाट मेरी पत्नि स्वीकार गर्दछु । साथै
तिमीले जसरी मेरी पतिब्रता हुन्छु भनेर भनेकी छौ त्यसरी नै म पनि तिम्रो
मात्र पतिब्रता हुनेछु (अरु कोही पछि नलागेसम्म) ।” यत्ति भनेर बिरुपेले
पनि आफुलाई दुई घण्टाअघि मालतीले दिएको “रेड रोज’ कुसुन्तीलाई थमायो र
फूलमायाले दिएको ‘गिफ्ट ह्याम्पर’ हातमा राखी दियो । त्यसलगत्तै दुवै जना
“हग” गर्न थाले ।
मेरा तर्फबाट पनि देशविदेशमा हुने करोडौँ कुसुन्ती र बिरुपेहरुलाई- हयाप्पी “भालेटायम डे “!
(स्रोत : Sabda Sarathi)







0 comments:
Post a Comment